गायिका आस्था राउत ब्लुक्रस अस्पताल भर्ना
काठमाडौं । गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।
राउतलाई ४२३ नम्बर बेडमा राखेर उपचार भईरहेको अस्पताल प्रशासनले जनाएको छ । राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको छ । तर, गायिका राउतलाई के भएको भन्ने कुरा खुलाइएको छैन ।
यसअघि सोमबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।
गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस