• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
खेलकुद

विश्वकप छनोट : नेपाल समूह 'बी' मा (तालिकासहित)

काठमाडौं । विश्वकप छनोटमा नेपाल समूह बी मा परेको छ । कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपको  लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार निकालेको 'ड्रु' अनुसार नेपाल समूह ’बी’ मा परेको हो ।

 

नेपाल रहेको समूहमा अष्ट्रेलिया, कुवेत, चाइनिज ताइपेइ र जोर्डन रहेका छन् । फिफा वरीयताको एसियाली राष्ट्रको शीर्ष ३४ भित्र परेपछि नेपालले सिधैं दोस्रो चरणको छनोट खेल्न पाएको हो ।  आठ समूहमा विभाजन गरिएको दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

 

दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन्  । यस्तै उक्त १२ टोली सन् २०२३ को एसियन कपमा छनोट हुनेछन् । अन्य टोलीले छनोट खेल्नेछन् । 

 

गत संस्करणमा नेपाल विश्वकप छनोटको प्रारम्भिक चरणबाट नै बाहिरिएको थियो । प्लेअफमा भारतको सामना गरेको नेपाल पहिलो लेग २-० ले गुवाहाटीमा पराजित भएपछि दोस्रो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । नेपाल यसपटक भने सिधै दोस्रो चरणमा पुगेको हो । अब छनोटको अन्तिम चरणमा पुग्न भने नेपालले बलिया टोलीविरुद्ध खेल्नुपर्ने भएको छ ।

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार