‘मण्डलामा म सबैकी बहिनी’
रंगमञ्चमा प्रवेश
म मण्डलामा काम गर्न थालेको पाँच वर्ष भयो तर मैले यो भन्दा पहिला २०६८ सालमा राष्ट्रिय नाचघरमा नाटक गरेकी थिए । मेरो खास रुची बैंकिङ तिर थियोे तर म धेरै नाटकहरु हेर्ने गर्थे र त्यसले गर्दा पनि यसमा नै लत बस्यो ।
रंगमञ्चबाट प्राप्त
मैले रंगमञ्चबाट आत्मसन्तुष्टि पाएको छु ।
चलचित्रमा अभिनय
चलचित्रमा अभिनय गर्न चाहने हो भने सानो तिनो भुमिका गर्न पक्कै पाइन्थ्यो होला । मलाई चलचित्रमा काम गर्ने अफर नआएको पनि होइन तर, यसमा खासै रुची छैन् । मैले जीवनमा नाटक वाहेक अरु केही सोचेकी छैन । सुत्दा,उठ्दा म नाटक मात्र देख्छु ।
रंगमञ्च र चलचित्रबाट अपेक्षा
नेपाली चलचित्र उद्योग अहिले केही राम्रो भएको छ जस्तो लाग्छ । राम्रा राम्रा चलचित्रहरु प्रदर्शनमा अइरहेका छन् । अहिले दर्शकहरुले पनि नेपाली चलचित्रलाई माया गर्न थाल्नु भएको छ । बिगत केही वर्ष अघि केही खस्किएको पनि थियो तर अहिले यसमा धेरै सुधारहरु आएका छन् । पछिल्ला समयमा भने नेपाली चलचित्र क्षेत्रबाट केही आशाका किरणहरु देखिन थालेका छन् । राम्रो व्यानरहरु आएका छन् । हाम्रो मौलिक कथा र परिबेशहरुले ठाउँ पाएको छ । रंगमञ्चका कलाकारहरुलाई चलचित्रको पर्दामा दर्शकले रुचाइदिनु भएको छ । विस्तारै परिर्वतन हुँदैछ । नाटकमा तुलनात्मक रुपमा कम पैसा छ तर यसले दिने खुसी धेरै छ । अहिले पारिश्रमिक पनि राम्रो हुँदै जान थालेको छ ।
नाटकमा अभिनय
मैले अहिलेसम्म पाँचवटा नाटकमा अभिनय गरे । एक जुनीमा एकपल्ट, क्लब ७, लक्की कन्या, लाटीको छोरो र सडक नाटक ।
नाटकको भविष्य
राणाकालमा थिएटर भन्ने वित्तिकै निक्कै राम्रो मानिथ्यो । तर, अहिले त्यत्तिको छैन । नाटक वास्तविकता हो । कतिपयले चलचित्रभन्दा नाटक हेर्नु भन्छन् । काठमाडौंमा बसेकाहरुले केही बुझेका छन् तर उपत्यका बाहिरका दर्शकहरुले यसको बृहततालाई नबुझी सडक नाटकमात्र बुझ्ने गर्छन् । यसको गहिराई बुझ्नु आवश्यक छ जस्तो लाग्छ । अहिले धेरै कुराहरु परिमार्जित भएका छन् ।
नाटकबाट पारिश्रमिक
हो सत्य कुरा हो । पहिला नाटक खेलेपछि दाल भात खाने पैसा उठ्थ्यो भने अहिले अलि नाटकको स्तर बढेको छ । सबै भन्दा खुशीको कुरा भनेको कलाकारहरुले पहिले जस्तो आफनो पारिश्रमिक कम भयो भनेर चित्त दुखाउन पाउँदैनन् ।
नाटक अवसर कि चुनौती
अब यसमा मैले आफनो अभिनय क्षमतालाई दर्शक माझ प्रस्तुत गर्नुपर्छ त्यो मेरो लागि चुनौती नै हो । यस भित्रका आधारभुत कुराहरुको ज्ञान लिएर अगाडी बढियो भने चुनौतीहरु पनि विस्तारै अवसरमा परिणत हुन्छन भन्ने लाग्छ ।
जातीय भेदभाव
मलाई रंगमञ्चमा जातीय रुपमा केही गाह्रो भएको छैन । अहिलेसम्म कसैले त्यस्तो फिल गराउनु भएको छैन । म आफैले पनि त्यो कुरा बिर्सिन्छु । मलाई यस्तो कुराहरुको खासै चासो लाग्दैन । आफनो काम गर्दै जाने हो । कसले के भन्छ, के भन्लान भनेर सोच्ने फुर्सद कहाँ छ र ।
मिडियामा कम प्रचार
त्यो बारेमा मलाई खासै थाहा छैन । म निरन्तर मेरो कर्म गरिरहेको छु । त्यो उहाँहरुको कर्म हो । सायद मैले प्रस्तुति दिँदा उहाँहरु आउनु भएको छैन होला । मलाई त्यो भन्दा बढि केहि थाहा छैन ।
राजनीतिमा रुची
राजनीतिमा त्यति धेरै रुची त छैन तर कहाँ कहाँ के के भइरहेको छ भन्ने कुराको ज्ञान भने राखिरहेकी हुन्छु ।
सबैको बहिनी
मण्डालामा मैले सबैभन्दा बढि कमाएको दाईहरु नै हो । मण्डलामा म सबैकी बहिनी हुँ ।
प्रस्तुती : सुकृत नेपाल
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस