• आइतबार २-६-२०८१/Sunday 05-19-2024
अर्थ

चर्चित हायात होटल अनिश्चितकालका लागि बन्द

काठमाडौं । मजुदर आन्दोलनको कारण देखाउँदै हायात होटल ९तारागाउँ रिजेन्सी होटल्स लिमिटेड० व्यवस्थापनले अनिश्चितकालका लागि होटल बन्द गरेको छ।

 

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले होटलमा नै कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको बताएको छ। होटल सञ्चालकहरूले त्यहाँ काम गरिरहेका ४ सय मजदुरहरुलाई कुनै खबर नै नदिई होटल बन्द गरेको त्यहाँ कार्यरत कर्मचारीहरुले जानकारी दिएका छन्।

 

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३९१० ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले पर्यटन आवास, मोटेल, होटेल, रेष्टुरा र रिसोर्टसम्बन्धि सेवासमेतमा हड्ताल गर्न निषेध गरेको भएपनि होटेलसँग आवद्ध उक्त मजदुर संगठनका कारण होटेल बन्द गर्नु परेको विज्ञप्तिमा उल्लेख छ।

 

होटेल व्यवस्थापनलाई गलत प्रभाव र दबाब दिन संघले होटेलमा कार्यरत श्रमिक कामदारलाई गैह्र कानुनी हड्ताल  र नारा जुलुश गर्न लगाएको आरोप होटेलले लगाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार