अवतरणका क्रममा नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्कियो
काठमाडौं । बिहिबार नेपाल वायुसेवा निगमको आरए ४१६ जहाजमा चरा ठोक्किएको छ ।
मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आउँदै गरेको निगमको जहाजमा अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको विमानस्थल कार्यालयले जनाएको छ ।
बिहान ९ : ३० बजे धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङग्रामा चरा ठोक्किएको थियो ।
जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस