महिला टी–२० टोलिद्वारा ९२ रनको सानदार जित, फाइनलमा प्रवेश गर्न सफल
काठमाडौँ । वुमन्स टी २० स्म्यासमा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ।
आज सम्पन्न भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २७ रनमै अलआउट भयो। नेपालले स्पष्ट ९२ रनको जित हासिल गर्न सफल भएको हो ।
इन्डोनेसियालाई कम स्कोरमा अलआउट गर्न कप्तान रुविन क्षेत्रीले ४ तथा सीता राना मगरले १ , नेरी थापाले १ विकेट लिइन्।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालको लागि उपकप्तान सीताले सर्वाधिक ४८ रन बनाइन्। यस्तै इन्दुर बर्माले नटआउट ४० रन योगदान गरिन्।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस