• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
रंगमञ्च

मण्डलामा केदारको  ‘उपियाँको निबन्ध’ शुरु

काठमाडौं । मण्डला थिएटरमा आजबाट नाटक ‘उपियाँको निबन्ध’को मञ्चन शुरु भएको छ । नाटकका लेखक तथा निर्देशक केदार श्रेष्ठ हुन् । 

 

शिक्षक र विद्यार्थीको सम्बन्धमार्फत देशको शैक्षिक पद्धति र त्यसले बाल मनोविज्ञानमा पार्ने असरको कुराहरु नाटकमा देखाइएको छ।  स्कुले परिवेशको कथालाई हास्यव्यङग्य शैलीमा प्रस्तुत गरिएको नाटक ‘उपियाँको निबन्ध’ मा लौरी बोकेर कक्षा लिने नेपाली शिक्षकले नमूनाका रुपमा लेखिदिएको  ‘उपियाँ’ शीर्षकको निबन्ध लेखिदिन्छन् । त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ ।

 

नाटकमा योगेश महर्जन, निर्देश केसी, आयुश महर्जन, एलेक्स महर्जन, दिया महर्जन, कीर्ति महर्जन, सर्जिला महर्जन,अदिन महर्जन, लुमन्ति महर्जन, जब्बु महर्जन, कृष्णा महर्जन, रोनिक महर्जन, जल्लु लिम्बु मञ्चमा देखिएका छन् ।

 

पुस ३ गतेसम्म मञ्चन हुने नाटक हरेक दिन मध्यान्ह १२ र साँझ ५ बजे तथा शनिबार दिउसो १ र साँझ ५ बजे मञ्चन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार