आरोहण गुरुकुलमा परशु प्रधानको ‘छिँडीभरिको आकाश’
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा प्रसिद्ध आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिँडीभरिको आकाश’ नाटक मञ्चन सुरू भएको छ । नाटक मञ्चन शुभारम्भको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे ।
दुर्व्यसनका कारण एउटा सुखी परिवार कसरी बर्बाद हुन्छ भन्ने सन्देश नाटकले दिइएको छ । विराट आदर्श साहित्य मञ्चको प्रस्तुति रहेको नाटकको नाट्य रूपान्तरण र निर्देशन कटवाल दीपकले गरेका छन् । सहनिर्देशन रमेश तिम्सिनाले गरेका छन् । मञ्चन हुनुअगावै २२ वटा शो बुकिङ भइसकेको र अन्य स्कुल कलेजहरूले चासो देखाइरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिएका छन् ।
नाटकमा अभिनय गर्ने सबै कलाकार विद्यार्थी हुन् । उद्घाटन समारोहमा गन्धर्व थिएटर पोखराका अध्यक्ष ‘परिवर्तन’लाई सम्मान गरिएको थियो । परिवर्तनले विगत एक दशकदेखि रंगमञ्चका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको मञ्चले जनाएको छ ।
विराटनगर महानगरपालिका प्रवद्र्धकका रूपमा रहेको छ भने मुख्य प्रायोजकमा काबरा ग्रुपको बुलेट चाउचाउ, प्रायोजकमा नमस्कार होटल म्यानेजमेन्ट स्कुल र सहप्रायोजकमा सोम्स कलेज रहेको छ । मोरङ हिसान र प्याब्सन विराटनगरसँगको सहकार्यमा सुरु भएको नाटक पुस १२ गतेसम्म मञ्चन हुने मञ्चका अध्यक्ष कट्वाल दीपकले जानकारी दिए ।
नाटकमा सन्देश बारकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गर्ने छन् भने व्यवस्थापनमा प्रभा पन्त र विवेक आचार्य रहेका छन्। नाटकको व्यवस्थापनमा प्रभा पन्त र विवेक आचार्य रहेका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस