सागमा गौरीकाको कीर्तिमान, स्वर्ण पदक संख्या ४९ पुग्यो
काठमाडौं । दक्षिण एसियाली खेलकुद ९साग० मा नेपाललाई चौथो स्वर्ण दिलाएकी छिन् ।
उनले सोमबार सय मिटर फ्रीस्टाइलमा अर्को स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी हुन । सागमा यो उनको चौथो पदक हो । उनले एकै वर्षको सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।
सय मिटर फ्रिस्टायल गौरिकाले ५८.१३ सेकेण्डमा पार गरिन् भने भारतीय खेलाडी सिभांगी शर्माले ५८.१५ सेकेण्डमा दूरी पार गरेकी हुन् ।
उनले यो सँगै सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टसँगको रेकर्ड बराबरी गरेकी छिन् । विष्टले ४ स्वर्ण जित्दै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान राखेका थिए।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस