• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024
स्वास्थ्य

नेशनल, नोबेल र चितवन मेडिकल कलेजमा सम्पत्ति शुद्धिकरणको छापा

काठमाडौं । तीनवटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारको छ ।

 

वीरगन्जको नेशनल मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारेर सम्पत्ति विवरण बरामद गरेको स्रोतले जानकारी दिएको छ । विभागको टोलीले यी तीन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको छ ।

 

सरकारले अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक-पटक निर्देशन दिँदा पनि मेडिकल कलेजहरूले भने सुने नसुने झै गरी बसेका छन् । मेडिकल कलेजहरूमा सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन्। 

 

यसअघि राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजका सम्बन्धमा छानबिन गरेको थियो । 'विद्यार्थीको उजुरी, शिक्षा मन्त्रालयको पत्र, राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा तीनवटै मेडिकल कलेजमा छापा मारिएको हो ।  प्रमाण लुकाउने मेडिकल कलेजमा छानबिन गरेर प्रमाण जुटाउने विभागको तयारी छ', स्रोतले भन्यो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार