• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

सरकारलाई सही बाटोमा हिडाउन कांग्रेसको जित आवश्यक : नेता रिजाल

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताए ।

 

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा भने 'सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्न सक्नुपर्छ ।'

 

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धति अनुसार अघि बढ्नु पर्नेमा जोड दिँदै कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताए । उनले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न मतदातालाई आग्रह पनि गरे ।

 

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति र विसङ्गति रोक्न र सरकारलाई सही बाटामा हिँडाउन यस चुनावमा कांग्रेसले जित्नुपर्ने धारणा राखे ।

 

घरदैलो कार्यक्रममा कांग्रेस नेता डा रिजाल, उम्मेदवार पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार प्रसार मूल समितिका संयोजक कृष्ण केसी लगायत नेता तथा कार्यकर्ता सहभागी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार