भद्रपुर बिमानस्थल १० दिन बन्द
भद्रपुर । विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सुचारु गर्ने गरी १० दिन उडान सेवा बन्द हुने भएको छ। कात्तिक २६ देखि मङ्सिर ५ गतेसम्म झापाको भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालयले पूर्णरूपमा बन्द गर्न लागेको सो कार्यालयले जनाएको छ।
विमानस्थल धावनमार्ग मर्मतसँगै स्तरोन्नति गर्न लागेका कारण बन्द गर्नुपरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताउनुभयो। भदौ २० देखि असोज ११ गतेसम्म यसअघि १८ घण्टा विमानस्थल बन्द गरेर काम गरेको उहाँँले बताउनुभयो।
सो अवधिमा पानी परेकोले काम प्रभावित बनेको उहाँको भनाइ छ । त्यही कामलाई पुनः सुचारु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर बन्द गराउन लागेको उहाँले बताउनुभयो। समाचारपत्र
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस