• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
पत्रपत्रिका

सुहाङलाई जिताउनुहोस इलामको विकासको जिम्मा म लिन्छु : ओली

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आउँदो उपनिर्वाचनमा एमालेलाई जिताए इलामको विकासको जिम्मा आफूले लिने बताएका छन् ।

 

उनले वैशाख १५ को निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताउन आग्रह गर्दै सुहाङ सबैथोक त्यागेर इलामको विकास गर्न आएको बताए । देउमाई नगरपालिकाको मंगल’boutमा आज (बुधबार) आयोजित चुनावी सभामा ओलीले भने, ‘सुहाङलाई सूूर्य चिह्नमा भोट हालेर विजयी गराउनुस्, इलामको विकासको जिम्मा म लिन्छु, एमालेले लिन्छ ।’ अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासको जग बसालेको भन्दै अहिले पनि सुहाङ पैसा कमाउन नभई इलामको सेवा गर्न उम्मेदवार बनेको बताए ।

 

‘सुहाङ अधिवक्ता हुनुुहुन्छ, उहाँलाई महिनामा केही लाख कमाउन कुनै समस्या छैन तर उहाँ त्यो सबै लोभ त्यागेर इलामको विकास गर्न, इलामलाई समृद्ध बनाउन आउनुभएको छ,’ ओलीले भने, ‘सुहाङलाई आउँदो निर्वाचनमा जिताएर मलाई भेट्न आउनुहोला, आज भनेको सबै कुरा पूरा हुनेछ ।’

 

इलाम क्षेत्र २ ले यसअघि पनि सक्षम उम्मेदवार (सुवासचन्द्र नेम्बाङ) जिताएर पठाएको, जसले संविधान बनाएको र अब पनि सक्षम उम्मेदवार इलामले पाएको बताए ।भगीरथ भण्डारी/ राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार