• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
खेलकुद

साफ यू -१८ फुटबलका लागि नेपाली टोली घोषणा 

काठमाडौ । आगामी शुक्रबारबाट सुरु हुन लागेको यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि घरेलु टोली नेपालले अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक चेतनारायण श्रेष्ठले पोखरामा एक साता लामो क्याम्पपछि २५ सदस्यीय टोलीबाट अन्तिम टोली घोषणा गरेका हुन् ।

 

नेपाल सहित ६ टोली सम्मिलित प्रतियोगिता असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ । अन्तिम टोलीमा गोलरक्षक रोहित कार्की र मिडफिल्डर दीपेश गुरुङले स्थान बनाउन सकेनन् भने टोलीको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् । 

 

यस्तै डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् । मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् । यस्तै स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी रहेका छन् ।

 

नेपालको समूहमा भुटान र माल्दिभ्स रहेका छन् । अर्को समूहमा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । दुवै समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार