पारिश्रमिक बिना काम गर्ने कलाकार
मुम्बई । बलिउड कलाकारहरुले फिल्म र अन्य कार्यक्रमका लागि राम्रै पारिश्रमिक लिने गर्छन् । कहिलेकाँही नायक/नायिकाले लिने गरेको पारिश्रमिक फिल्मको कुल लगानी भन्दा पनि महँगो हुनेगर्छ । त्यसैले धेरै ठाउँमा फिल्म निर्माताले ती कलाकारहरुका महँगो पारिश्रमिकको कारण अन्य कलाकार छनोट गर्नुपर्ने अवस्था आउँछ ।
बलिउडमा कति कलाकारहरुले पारिश्रमिक बिना नै काम गरेका छन् । बलिउडमा प्राय कुन कलाकारले कति पैसामा काम गर्यो भन्ने बिषय प्राथमिकताका साथ समाचार बन्ने गर्छ । तर कलाकारले फिल्ममा सित्तैमा काम गर्यो भन्ने कुरा खासै सुनिदैन । बलिउड कलाकारले पारिश्रमिक बिना नै काम गर्नुको कारण भने फिल्मको कथावस्तु मन परेर होस् वा निर्देशकसँगको सबन्धले गर्दा नै हो ।
ठुलो समुदायलाई हित हुने वा शिक्षा दिने किसिमको फिल्ममा महंगा कलाकारले आफ्नो मनलाई बिशाल बनाउँछन । राम्रो कामको लागि निःशुल्क काम गरिदिन्छन । केहि यस्ता बलिउड कलाकारहरु छन् जसलाई मन लागेको खण्डमा पुरै फिल्म या अतिथिको भूमिका वा गीतमा नाच्ने काम सित्तैमा गरिदिन्छन् ।
अमिताभ बच्चन
७५ बर्षको उमेरमा टेलिभिजन कार्यक्रम, बिज्ञापन र फिल्ममा उत्तिकै व्यस्त रहेका अमिताभ बच्चनको पारिश्रमिक महँगो छ । संजयलीला भन्सालीको फिल्म 'ब्ल्याक' को स्कृप्ट उनलाई एकदम मन परको थियोे । उनले यसमा काम गर्न कुनै पारिश्रमिक लिएनन । फिल्मबाट उनले अभिनयको लागि सम्मान पनि पाएका थिए । त्यस्तै उनको मेकअप आर्टिस्टले जो भोजपुरी फिल्मका निर्देशक हुन । उनले आफनो फिल्ममा अभिताभलाइ एक भूमिका गरिदिन अनुरोध गरेका थिए । अमिताभले उनको सम्मान र सम्बन्धको लागि निःशुल्क काम गरिदिए ।
फरहान अख्तर
बहुमुखी प्रतिभाका धनी फरहान आफै राम्रो निर्देशक, कलाकार र गायक हुन । 'भाग मिक्का भाग' फिल्मको लागि उनले धेरै नै मेहिनत गरेका थिए । फिल्म कै लागी उनले आफ्नो शरीर खेलाडीको जस्तो बनाए । उनले फिल्ममा समय र आर्थिक लगानी गरे र आफ्नो भुमिकालाई बेजोड बनाए । उनले यस फिल्मको लागि पात्र आशीर्वाद स्वरूप ११ रुपैयाँ मात्र लिएका थिए ।
शाहरुख खान
कुनै समयका व्यस्त तथा महँगा नायक शाहरुख खानले केही फिल्महरुमा सित्तैमा अभिनय गरे भन्दा पत्यार नलाग्न सक्छ । साउथ स्टाल कमल हसन अभिनित तथा निर्देशित फिल्म 'हे राम' मा उनले कुनै पारिश्रमिक लिएनन् । फिल्म 'भूतनाथ' मा अतिथि भूमिकामा देखिएका उनलाई 'भूतनाथ रिटर्न्स'मा कामको प्रस्ताव आयो । उनले काम गरे त्यो पनि नि :शुल्क ।
त्यस्तै साहिद कपुरले 'हैदर' फिल्म पारिश्रमिक बिना नै गरेका हुन । त्यस्तै सलमान खानले प्राय फिल्महरु 'सन अफ सरदार' ,'तीस मार खान' मा निशुल्क काम गरेहा हुन । कलाकार नवाजिदीन सिद्दिगीले फिल्म 'मन्टो' का लागि पारिश्रमिक स्वरूप एक रुपैयाँ मात्र लिएका थिए । उनले मात्र होइन यस चलचित्रका अन्य कलाकार ऋषि कपुर, जाबेद अक्तर, रनवीर शोरे, लगाएतले बिना पारिश्रमिक काम गरेका थिए ।
नायक मात्र होइन बलिउडमा नायिका पनि कम छैनन् । व्यक्तिगत संबन्ध र राम्रो कथावस्तु वा भूमिका पाउँदा नायिकाले बिना कुनै आर्थिकलाभ पनि काम गरेको अवस्था छ ।
करिना कपुर खान
निकै व्यस्त हुँदाको समयमा करिनाले शाहरुख खानको 'बिल्लु' फिल्ममा एउटा गीतमा नृत्य गरिन । त्यस्तै सलमान खानको 'दबंग २' मा पनि एउटा आइटम गीतमा गरिन् । उनले यसको लागी केहि पनि पारिश्रमिक लिइनन् ।
दीपिका पादुकोण
फिल्ममा काम गर्नु अघि दीपिका केहि म्युजिक भिडियो र मोडलिङ गर्ने गर्थिन । जब उनलाई 'ओम शान्ति ओम' को लागि शाहरुख खानसंग काम गर्ने अवसर आयो उनले यसमा निःशुल्क काम गरेकी थिइन ।
कट्रिना कैफ
फिल्मभन्दा बाहिरी पृष्टभूमिबाट आएकी कट्रिनाले आफुलाई राम्रो कलाकार र डान्सरको रुपमा स्थापित गरिन् । करन जोहरको 'अग्निपथ' फिल्मको लागि एउटा आइटम गीतले धेरै नै चचार्च पाएको थियो । उनले यसको लागी केही पनि पारिश्रमिक लिइनन् ।
त्यस्तै रानी मुखर्जीले साथी करन जोहरको फिल्म 'कभी खुशी कभी गम' मा सानो भूमिकाको लागि निःशुल्क काम गरेकी थिइन । हलिउड र बलिउडमा नै व्यस्त रहेकी प्रियंका चोपडाले शाहरुख खानको 'बिल्लु' मा डान्स गरेकी थिइन जुन उनले पारिश्रमिक बिना नै गरेकी थिएन ।
हालै प्रदर्शनमा आएको सर्टमुभी 'देवी' को लागि काजोल, श्रुती हसन, नेहा धुपीया लगायत अन्य कलाकारले निशुल्क अभिनय गरेका थिए, राम्रो सन्देश दिने फिल्म बन्न जरुरी भएको हुँदा सबैले बिना पारिश्रमिक काम गरेको बताइएको छ । एजेन्सी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस