निडवान जलवायु परिवर्तन सम्मेलनमा सहभागिता हुने
काठमाडौं । नेसनल इन्डिजिनस डिसेबल्ड वुमन एसोसिएसन नेपाल (निडवान) ले सन् २०२६ को नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनमा सहभागिता जनाउने भएको छ।
विश्वव्यापी मञ्चमा नेसनल इन्डिजिनस डिसेबल्ड वुमन एसोसिएसन नेपालले मुख्य गरी सम्मेलनमा समावेशी जलवायु कार्य जलवायु नीति र निर्णय प्रक्रियाहरूमा अपाङ्गता भएका आदिवासी महिला तथा बालिकाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गराउने जनाएको छ ।
सम्मेलनमा जलवायु सम्बन्धित प्रश्न, यसमा उत्पन्न हुने संकटले आदिवासी समुदाय र अपाङ्गता भएका महिलाहरूमा पारेको बहुआयामिक प्रभावलाई उजागर गर्ने र न्यायसङ्गत जलवायु समाधानका उपायहरू खोज्ने जनाइएको छ । साथै जलवायु संरक्षणमा आदिवासी समुदायको परम्परागत ज्ञान, अनुभव र नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउन पहल गर्नेछ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस