• सोमबार ७-२३-२०८३/Monday 11-09-2026
बिश्व

तिब्बतमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु

काठमाडाै । तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन्। प्रारम्भिक रूपमा ६५ जना घाइते भेटिएका उक्त क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ।अधिकारीहरूले सङ्कटकाल घोषणा गरेका छन्।

 

सन् १९५० को दशकमा चीनले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँको सूचना प्रवाहमा कडा नियन्त्रण छ। त्यसैकारण सरकारी सञ्चारमाध्यमहरू नै प्रायः सूचनाको एक मात्र स्रोत हुने गरेका छन्।

 

राष्ट्रपति सि जिनपिङले तिब्बतमा आएको भूकम्पपछि व्यापक उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा राष्ट्रपति सिलाई उद्धृत गर्दै भनिएको छ: "भूकम्पमा पुरिएका तथा फसेका व्यक्तिहरूको खोजी र उद्धारका लागि पूर्ण क्षमताका साथ प्रयास गर्नुपर्छ, घाइतेहरूको उपचार सुनिश्चित गर्नुपर्छ र मानवीय क्षतिलाई न्यूनतम बनाउनुपर्छ।"

 

सि जिनपिङले आपत्कालीन उद्धार सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउन, विस्थापित बासिन्दाहरूको सुरक्षित स्थानान्तरण तथा पुनर्स्थापना गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मत गर्न र जनधनको सुरक्षाका लागि प्रभावकारी उपाय अपनाउन पनि निर्देशन दिएका छन्। यो काउन्टी तिब्बतको राजधानी ल्हासाबाट करिब ४०० किलोमिटर पूर्वोत्तरमा पर्छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार