कन्टेन्ट क्रियटर ध्रुव राठी पक्राउ, दिल्लीका सडकमा हजारौं सुरक्षाकर्मी परिचालन
काठमाडौं । कक्रोच जनता पार्टी सीजेपीले शनिवारका लागि घोषणा गरेको विरोधप्रदर्शनअघि भारतको राजधानी दिल्लीका सडकमा दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
दिल्लीको प्रदर्शनमा सहभागी हुनु अगावै दिल्ली पुलिसले चर्चित भारतीय कन्टेन्ट क्रियटर ध्रुव राठीलाई पक्राउ गरेको छ ।विरोध प्रदर्शन हुनुभन्दा एक दिनअघि मात्र भारत आइपुगेका राठीलाई गुरुग्रामस्थित उनको निवासबाट नियन्त्रणमा लिइएको छ। उनी अघिल्लो दिन इन्डिया गेट पनि गएका थिए।
प्रदर्शनकारीहरूले चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने माग गर्दै आइरहेका छन।मतदाता नामावलीबाट ठूलो सङ्ख्यामा मतदाताहरू हटाइएको आरोपमा प्रमुख निर्वाचन आयुक्त मुछिएका थिए ।
समाचारसंस्था पीटीआईका अनुसार रेलवे बोर्डको निर्णयानुसार अक्टोबर ९ तारिखको दिन दिउँसो २ बजेपछि सेवा प्रस्थान स्टेशनहरूबाट छुट्ने यात्रु रेल सेवा पनि रद्द गरिएका छन । एजेन्सी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस