• शुक्रबार ६-२३-२०८३/Friday 10-09-2026
शिक्षा

नेपाल–चीनबीच प्राज्ञिक अनुसन्धान सहकार्यमा सम्झौता

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान र चीनको चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीअन्तर्गतको भू–प्रकोप रोकथाम तथा भू–वातावरण संरक्षणसम्बन्धी राज्यस्तरीय प्रमुख प्रयोगशाला (State Key Laboratory of Geohazard Prevention and Geoenvironment Protection) बीच सम्झौता पत्र (MoA) मा हस्ताक्षर भएको  छ।

 

दुई विश्वविद्यालयबीच यसअघि सम्पन्न समझदारी पत्र (MoU) लाई थप कार्यान्वयनमुखी बनाउँदै गरिएको यस सम्झौताले विशेषगरी अन्तरहिमाली नदी करिडोरहरूमा पूर्वसूचना प्रणालीको विकासका लागि नवीन प्रविधिको अनुसन्धान तथा विकास, प्राध्यापक तथा विद्यार्थी आदानप्रदान, संयुक्त अनुसन्धान कार्यक्रम र ज्ञान तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिएको छ।

 

यस सहकार्यले वैज्ञानिक नवप्रवर्तन, सीमापार अनुसन्धान सहकार्य, विपद् जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रको उत्थानशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।साझा उद्देश्य अनुसन्धान र प्राज्ञिक सहकार्यलाई व्यवहारिक प्रविधि तथा समाधानमा रूपान्तरण गर्दै सुरक्षित, सक्षम र विपद् उत्थानशील हिमाली समुदाय निर्माणमा योगदान पुर्‍याउनु हो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार