कविता कृति 'अक्षता' सार्वजनिक
काठमाडौं । कवि गोठालो जेठा (मिलन नाल्बो लिम्बू) को कविता कृति 'अक्षता' शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सो कृति सार्वजनिक गरेका हुन ।
साहित्यकार काइँलाले नेपाली भाषा साहित्यको सेवामा युवा पुस्ताको उपस्थिति निकै अर्थपूर्ण हुने बताए । उनले नेपाली समाज, संस्कृति, इतिहास र जनजीवनलाई कविताका माध्यमबाट अभिब्यक्त हुनु निकै महत्त्वपूर्ण हुने चर्चा गर्दै कवि गाठालोका कवितामा नेपाली समाजको सुवास पाइने बताए ।
संस्कृतिविद् अर्जुन माबुहाङले कवि गोठालोले बिदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई नजिकबाट अध्ययन र गहिरो माया गर्ने स्रष्टा भएको बताए ।
डा.तुलसीप्रसाद गौतमले ०६० को दशकबाट कविता लेख्न थालेका कवि गोठालोका कवितामा पूर्वी नेपाल विशेषत : ताप्लेजुङ क्षेत्र वरिपरिको भूगोल, प्रकृति, इतिहास, लोकसंस्कृति र याक्थुङ लिम्बू समुदायको जीवनपद्धतिले सशक्त स्थान पाएको बनको भनाई थियो ।
बैरागी काइँलाको सुकेधारास्थित निवासमै आयोजित कार्यक्रममा सो कृतिका लेखक गोठालो जेठाले वाल्यकाल र युवा अवस्था विताएको भूगोल, परिवेश, प्रकृतिले सिर्जनामा उत्प्रेरित गर्ने गरेको बताए ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस