भ्रामक विषयवस्तु प्रसारण गरेको आरोपमा टिकटकर बस्नेत पक्राउ

काठमाडौं।राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्याएको आरोपमा टिकटकर रमा बस्नेत पक्राउ परेकी छन्। खोटाङ हलेसीतुवाचुङ वडा नं ६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल टिकटकमा प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गर्दै आधारहीन र भ्रामक विषयवस्तु प्रसारण गरेको भन्दै प्रहरीले टिकटकर बस्नेतलाई पक्राउ गरेको साइबर ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस