• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
राजनीति

खनालले मागे ओलीको राजीनामा

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

 

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न बितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपतीको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए ।

 

उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गनुपर्ने जिकिर गरे। अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले बिपक्षीमा रहेका दलहरु अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ ।

 

खनालले मौसमविद्हरुले ठूलो बर्षा हुनसक्ने जानकारी गराउदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको गुनासो गरेका छन् । खनालले सरकारले गरेको लापरवाहीको कारण जनता समस्यामा परेको उल्लेख गर्नुभयो । उनले प्राकृतिक विपदपछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रीत गरेको बताए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार