• बिहीबार ६-३-२०८१/Thursday 09-19-2024
डबली

‘लुम्बिनीमा ललितकला’ छलफल

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सोमवार  ‘लुम्बिनीमा ललितकला’ छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा लुम्बिनी प्रदेशबाट काठमाडौँ उपत्यकामा रही कलाकर्म गरिरहनुभएका कलाकार, विज्ञ, संस्कृतिकर्मी, जनप्रतिनिधि, राजनीतिज्ञलगायतको उपस्थिति रहेको थियो ।

 

छलफलमा पूर्व प्रतिनिधि सभा सदस्य सिन्धु जलेसाले गाउँ गाउँमा रहेका लोपोन्मुख कलाको संरक्षण तथा प्रवर्धनको काम गर्नुपर्ने बताए । उनले ललितकलाका विषयमा जनप्रतिनिधि, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, पालिकाका शिक्षा शाखा, विद्यालयआदिसँग छलफल गरेर पाठ्यक्रम बनाउनुपर्ने धारणा राखेका थिए। ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक विषयहरूमा खोज, अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदेशमा ललितकलाको विकासका लागि आवश्यक सबै कुराको समन्वय गर्न आफू तयार रहेको बताए ।

 

कुलपति नारदमणि हार्तम्छालीले ललितकलालाई पालिका, प्रदेश, केन्द्र हुँदै अन्तरराष्ट्रिय स्तरमा पु¥याउनुपर्ने र अन्तरराष्ट्रिय कलालाई नेपाली कला परिवेशमा चिनाउनुपर्नेमा जोड दिनुभयो । उनले यसका लागि कला र कलाकारको सर्वेक्षण आवश्यक रहेको बताए ।

 

उपकुलपति लालकाजी लामाले लुम्बिनी प्रदेशले समग्र ललितकलाको नेतृत्व गरेर अघि बढ्ने सामथ्र्य राख्ने बताए । उनले ललितकलाका विविध क्षेत्रको पहिचान गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।उहाँका अनुसार,  ‘कलाकारहरू केन्द्रमा मात्रै नभई स्थानीय स्तरमा रहेर पनि कलाको गतिविधिलाई विश्वस्तरमा बढाउन सक्नुहुन्छ ।’

 

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत प्रतिष्ठानका गतिविधि, आगामी योजना, लुम्बिनी प्रदेशमा ललितकला गतिविधि, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, लुम्बिनीमा ललितकला क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यहरू, रैथाने कलाको खोज, अनुसन्धान, संरक्षणरप्रवर्धन तथा स्थानीय पाठ्यक्रममा कला–शिक्षा समेटिनुपर्नेलगायतका विविध विषयमा चर्चा गरेका थिए ।

 

नेपाल ललितकला पत्रकार समाज ९सोफाज०, नेपालका अध्यक्ष केशवराज खनालले कर्मचारी र जनप्रतिनिधिहरूलाई ललितकलाका बारेमा जानकारी दिन आवश्यक रहेकामा जोड दिए । उनले ललितकलाका अनुसन्धानकर्तालाई यस क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्ने बताउँदै कला जागरण अभियान प्रदेशमै गएर गर्नुपर्ने बताए ।समारोहमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, सञ्जय वान्तवा, अरुणा हिङमाङ, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार