• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
देश/प्रदेश

गडतौला बनिन् नेपालको पहिलो महिला मुख्यसचिव

काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।

 

यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

 

त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन। उनी उमेरहदका कारण अवकाश लिदैछिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार