• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
देश/प्रदेश

छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन । बिहिबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्ममेलनमा बोल्दै उहाँले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताए । यो प्रकरण मैले गमभीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ ।

 

त्यसैगरि पत्रकार सम्मेलनमा उहाँले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ ।” उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीनसंग जोड्छ ।”

 

उनले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए । दुई्तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।” गृहमन्त्री लेखकले भने, “छिट्टै सुख्खा बन्दरगाहको काम अघि बढ्ने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार