• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
देश/प्रदेश

मौसम : मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती  प्रदेशको एक(दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार