• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
देश/प्रदेश

यी हुन भीडाभाड हुने दर्जनौं मन्दिर

काठमाडौं । हरितालिका तीजमा ब्रत बसेर महादेवका मन्दिरमा पूजाआराधाना गर्ने प्रचलन हिन्दु नारीहरुमा प्रचलित छ । शिवजीलाई खुशी पार्न सके चिताएको पुरा हुने विश्वासका साथ निराहार ब्रत बसेर पुजाआराधना गर्ने प्रचलन छ । नेपालमा तीजकै अवसरमा भीडाभाड हुने मन्दिरहरु दर्जनौं छन् । पुराना र चर्चित शिवालयहरुमा धेरैजसो महिलाहरुको भिड लाग्ने गर्छ । देशभरका मुख्य मुख्य स्थानमा चर्चित शिवालयहरु छन् । धार्मिक पर्यटनको गन्तव्य स्थलका रुपमा यी चर्चित शिवालयहरु सबैको रोजाइमा पर्ने गर्छ । 

 

पशुपतिनाथ: तीजका अवसरमा ब्रत बसेर पशुपतिनाथ दर्शन गर्ने नारीहरुको संख्या सबैभन्दा धेरै हुने गर्छ । पशुपतिनाथ धार्मिक हिसाबले महत्वपूर्ण र ठूलो शक्तिपिठका रुपमालिने गरिन्छ । ऐतिहासिक प्राचिनतम मन्दिर भएकाले सबै समुदायका मानिसहरुले पशुपतिनाथलाई समान आस्था र श्रद्धाका रुपमा हेर्ने गर्छन । यहाँ तीजकै लागी भनेर चारैतिरका ढोकाबाट दर्शनका लागी प्रबन्ध मिलाउने गरिन्छ । हरितालिका तीजको बर्त बसेर विहानै पशुपतिनाथमा गएर दर्शन गर्ने प्रचलन छ ।

 

हलेसी महादेव: खोटाङ जिल्लामा रहेको हलेसी महादेवको मन्दिर पूर्वाञ्चलको चर्चित धार्मिक स्थल हो । यहाँ हरितालिका तीजका बेला हिन्दु महिलाहरुको अत्याधिक भिड लाग्ने गर्छ । सदरमुकाम दिक्तेल देखि नौं कोष पश्चिममा रहेको हलेसी ४ हजार ७ सय ३६ मिटर उचाइमा रहेको छ । यो मन्दिरमा अनौठो प्राकृतिक आकारको शिला साथै वसाहा र भैरवका गुफाहरु पनि रहेका छन् । बौद्ध तथा हिन्दु र किराँतहरुले हलेसी महादेवलाई विशेष पुजाआरधना गर्ने गर्छन । लामिडाँड विमान स्थल मार्फत वा पूर्व–पश्चिम राजमार्गको मिर्चैया–कटारी हुँदै हलेसी पुग्न सकिन्छ । पूर्वको पशुपतिनाथ मानिएको हलेसीमा तीजका अवसरमा पुजा आरधना गर्न धेरै भक्तजनहरुको भीड लाग्ने गर्छ । 

 

कुशेश्वर: सिन्धुली सदरमुकामबाट उत्तर–पश्चिममा रहेको कुशेश्वर महादेव तीजपर्वका अवसरमा भिडभाड हुने गर्दछ । सुनकोशी र रोशीको खोलाको दोभानमा अवस्थित यो मन्दिर काठमाडौंबाट ८३ किलोमिटर टाडा रहेको छ । विश्वभर छरिहएर रहेका ६४ शिवलिङ्गमध्ये आदि लिङ्गकुशेश्वर रहेको विश्वास रहेको पाइन्छ । यस मन्दिरलाई हिन्दु नारीहरुले विशेष धार्मिक गन्तव्य स्थलमा रुपमालिने गर्छन र हरितालिका चाडका अवसरमाविशेष पुजाआरधनागर्ने गर्छन । 

 

गोकर्णेश्वरः काठमाडौं भित्रै पर्ने पशुपतिनाथ पछिको चर्चित धार्मिक स्थल गोकर्णको गोकर्णेश्वर मन्दिरमा पनि तीजका बेला महिलाहरुको विशेष भीड लाग्ने गर्छ । काठमाडौंबाट करिब २०किलोमिटर टाढा रहेको गोकर्णेश्वर वागमतीको किनारमै रहेको छ । यहाँपुग्न साँखु जाने सडक अर्थात सुन्दरीजल जाने बाटो भएर पुग्न सकिन्छ । शिवजीका ६४ शिवलिङ्गमध्ये यहाँ एक लिङ्ग रहेको विश्वास लिइन्छ । यहाँ तीजका वेला हिन्दु मात्र नभइ बौद्ध धर्मावलम्बीहरुको उत्तिकै भीड लाग्ने गर्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार