• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
देश/प्रदेश

घाइते पाइलटको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष रत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गरेका छन् ।

 

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानका  पाइलट  शाक्यको स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन् । १८ जनाको मृत्यु भएको सो घटनामा घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको अपरान्ह मेरूदण्डको अपरेसन गरिएको थियो ।

 

बुधबार राति अस्पताल पुगेर ओलीले चिकित्सकसँग शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार