• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
राजनीति

प्रधानमन्त्रीमा ओली नियुक्त

काठमाडौं। प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त हुनुभएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।

 

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।

 

राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गर्नुभएको थियो । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार