• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
राजनीति

पार्टीको प्रतिष्ठा बढ्ने काम गर्छु : मन्त्री सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताएका हुन। 

 

उनले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे । उपप्रधानमन्त्री सिंहको नेतृत्वमा कांग्रेस वर्तमान सरकारमा सहभागी छ ।

 

“पार्टीले जिम्मा दिएर सरकारमा पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरी काम गर्नेछु,” उपप्रधानमन्त्री सिंहको  सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आमनिर्वाचन लड्न पाउनुपर्ने मत राखेका थिए छ । 


नेतृत्वमा कति कार्यकालसम्म निर्वाचन लड्न पाउने भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताएका हुन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार