• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
राजनीति

प्रधानमन्त्री पक्षमा १ सय ८८ मत, विपक्षमा ७४ मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाईको विश्वास प्राप्त गर्नुभएको छ ।आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले दुई तिहाइ सांसदको समर्थन प्राप्त गरेका हुन।

 

प्रतिनिधिसभामा उपस्थित २६३ मध्ये १ सय ८८ सांसदले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिएका थिए भने विपक्षमा ७४ मत परेको छ ।त्यस्तै नेमकिपाले तटस्थ मत दिएको थियो । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्राप्त गरेका मत सदनको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव पारित भएको घोषणा गरे ।

 

प्रधानमन्त्रीलाई कांग्रेस, एमालेका साथै जसपा नेपाल, जसपा , जनमत पार्टी, लोसपा लगायतका दलले साथ दिएका छन् । त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले बिपक्षमा मत दिएका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार