• शुक्रबार ७-२-२०८१/Friday 10-18-2024
राजनीति

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् । 

 

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । 

 

धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद सचिवालयलाई गराएका थिए । सो अनुसारको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार