• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
बिश्व

भारतमा मोदीसँगै ७२ मन्त्रीको सपथ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

 

मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

 

यो सपथसँगै मोदी लगालग तीन पटक प्रधानमन्त्री बन्न सफल स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको हाराहारीमा पुगेका छन् । आफ्नो सपथ सँगै मोदीले ७२ मन्त्रीहरुको शपथ गराएका छन् । 

 

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाएका छन् । छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका छन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार