• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
बिश्व

ट्रम्प र ह्यारिसबीच सेप्टेम्बरमा प्रत्यक्ष टीभी बहस

काठमाडौं । अमेरिकी च्यानल एबीसी न्यूजले सेप्टेम्बर १० मा राष्ट्रपति पदका दुई उम्मेदवार डोनल्ड ट्रम्प र कमला ह्यारिसबीच पहिलो टेलिभिजन बहस आयोजना हुने तय भएको जनाएको छ।

 

ट्रम्पले बिहीवार आगामी नोभेम्बरमा हुने चुनावअघि डेमोक्र्याटिक प्रतिद्वन्द्वीसँग पटकपटक बहस गर्न आफू तयार रहेको बताएका थिए। त्यसपछि उक्त टीभी नेटवर्कले सामाजिक सञ्जाल 'एक्स'मा एउटा पोस्ट गर्दै राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका ट्रम्प र ह्यारिसबीच बहस तय भएको पुष्टि गरेको हो।

 

बिहीवार ट्रम्पले भनेका थिए, "हामीलाई के लाग्छ भने हामीले तीनवटा बहस गर्नुपर्छ।"  उनले थप दुई बहसहरू फक्स न्यूज र एनबीसीमा हुनुपर्ने पनि बताएका थिए।ह्यारिसले पनि बिहीवार मिशिगनको एउटा कार्यक्रममा एबीसी बहसमा आफू सहभागी हुने पुष्टि गरिन्। उनले थप बहसहरूका लागि समेत आफू तयार रहेको बताएकी छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार