• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
बिश्व

बंगलादेशमा राजनीतिक अन्योल, बेगम खालेदा जिया रिहा

काठमाडौं ।  बंगलादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले  राजीनामा दिएपछि राजनीतिले नयाँ मोड लिएको छ।

 

छयत्तर वर्षीया शेख हसिना देश छोडेर भारत पुगेकी छन् भने जेलमा रहेकी पूर्वप्रधामन्त्री बेगम खालेदा जिया मुक्त भएकी छन्। सोमवार सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन गरिने बताएका थिए।

 

बंगलादेशमा प्रधानमन्त्री हसिनाको सत्ता ढाल्ने आन्दोलनको झिल्को कसरी सल्कियो ? राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालेदा जियालाई रिहा गर्ने आदेश दिएपछि उनी मङ्गलवार अपराह्ण जेलमुक्त भइन्।

 

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्। शाहबुद्दिनले आफूले सेनाप्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन्।

 

बंगलादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए। तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार