• शुक्रबार ७-९-२०८१/Friday 10-25-2024
खेलकुद

क्रिकेटर लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं । टी २० वश्वकप खेल्नका लागि अमेरिका जाने तयारी गरेका क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाले भिसा नदिएको बताएका छन् । उनले आजै फेसबु्कमा लेख्दै अमेरिकाले भिसा नदिएको जानकारी दिएका छन् । साथै आफ्ना प्रसंसकहरुसँग विश्वकप खेल्न नसकेकोमा दुख लागेको प्रतिक्रिया दिए ।

 

गत बुधबार बलात्कार मुद्दामा  पाटन उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्न जाने तयारी गरेका थिए । सन्दीपलाई विश्वकपमा पठाउन नेपाल क्रिकेट सङ्घ ९क्यान० ले पनि उहाँमाथिको निलम्बन फुकुवा गरेको थियो । 

 

क्यानले आवश्यक प्रक्रिया पूरा गरेर सन्दीपलाई पठाउने तयारी गरेको थियो । सन्दीपले नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि आफूलाई त्यही गरेको फेसबुकमा लेखेका छन् । उनले विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको भन्दै नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकसँग माफी माग्न चाहेको पनि उल्लेख गरेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार