• शुक्रबार ७-९-२०८१/Friday 10-25-2024
खेलकुद

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली श्रीलङ्कालाई ६-० गोलले पराजित गर्दै साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ नेपालले पहिलो हाफमा चार गोल तथा दोस्रो हाफमा दुई गोल गरेको हो। जितसँगै समूह विजेता बनेको नेपालले अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

 

स्ट्राइकर सावित्रा भण्डारी १३ मिनेटभित्र ३ गोल गरेकी थिइन भने पहिलो गोल सविता रानामगर ८ मिनेटमा डी बक्सभित्र बाँया खुट्टाको ‘टच’ बाट गोल भएको थियो। त्यसको दुई मिनेटपछि रेखा पौडेलले विमला रानामगरको शानदार पासमा डी बक्स भित्रबाट गोल गरिन्।

 

रेखाले नै ३६औँ मिनेटमा दोस्रो गोल गरिन्। दोस्रो हाफ शुरू भएको दुई मिनेटमै अमिषा कार्कीले नेपालको लागि पाँचौँ गोल गरेकी थिइन। रश्मीकुमारी घिसिङले इन्ज्युरी समयको दोस्रो मिनेटमा हेडबाट गोल गरेकी गनसफल भएकी थिइन। खेलभर रक्षात्मक रणनिति बनाएको श्रीलङ्काले गथोल गर्न लायक अवसर बनाउन सकेन ।

 

तीन खेलबाट सात अङ्क बनाएको नेपाल समूह विजेता र समान सात अङ्क बनाएको भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। बिहीबार नै भएको यही समूहको अर्को खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हराएको थियो । नेपालले भुटानलाई गोल अन्तरका आधारमा पछि पारेको हो। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार