• बिहीबार ८-६-२०८१/Thursday 11-21-2024
मनोरञ्जन

वृद्ध वृद्धाहरूको उपस्थितिमा दासको गीत सार्वजनिक

काठमाडौं। निर्देशक रोशन दासको ‘आफ्नै स्वार्थ’ सार्वजनिक भएको छ। परिवार र सम्बन्धको संवेदनशील कथावस्तुलाई प्रस्तुत गरेको साङ्गीतिक चलचित्रले दर्शकलाई भावुक र विचार मग्न बनाउँछ। यस चलचित्रमा कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ भने निर्देशकले गीतको लाई पर्दामा कुशलतापूर्वक उतारेका छन्।

 

चलचित्रको पटकथा किङ्ग एबिसीले लेखेका हुन् भने निर्माता प्रतीक दास हुन्। ‘आफ्नै स्वार्थ’ साङ्गीतिक चलचित्रको भिडियो पशुपति वृद्धाश्रममा रहेका करिब ६ दर्जन वृद्ध वृद्धाहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो।

 

ध्रुव विश्वकर्माको स्वर, रोशन दासको शब्द रचना, र राजन कार्कीको सङ्गीत रहेको यस साङ्गीतिक चलचित्रमा सुभाष गजुरेल, गीता श्री थापा, नारायण बिक, अनुस्कृति घिमिरे, दीपेश घिमिरे, सरिता कठायत, सम्राट दास, सरिता ढुङ्गाना, अग्नि सुवेदी, रेश पोख्रेल, र दीप्त प्रकाश अधिकारीले अभिनय गरेका छन्।

 

चलचित्रको छायाङ्कन हरि प्रसाद ढकालले गरेका हुन् भने सम्पादन फुर्बा लामाले गरेका छन्। श्याम कुँवरले कलर संयोजन र सुरेन्द्र क्षेत्रीले कास्टिङ निर्देशनको जिम्मा लिएका छन्। रीता देवी, कुमारी बिना दाहाल, र प्रतिमा देवी दास कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको निर्माण सल्लाहकार हिकमत शर्मा हुन्।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार