• शनिबार ३-९-२०८१/Saturday 06-22-2024
विचार

राजनीतिक उतारचढाव र आर्थिक मन्दी भोगेको पुस्ता

सडक देखी सदनसम्म जतातै समस्या । यही बीचमा छन उद्यमीका समस्याहरु । हिजो आज एउटा समाचार निकै चर्चामा छ । बैकमा लगानी योग्य खरर्बौ रकम छ तर उद्योगीहरु त्यो रुपैयाँ पैसा लिएर व्यवसायलाई थप बढ्वा दिन डराइरहेका छन् । किन यस्तो भइरहेको छ । यसको उत्तर कसले दिने हो ! एकतर्फ राष्ट्रबैकले लगानीको लागि स्वर्णीम समय भन्दै आइरहेको छ । तर आम व्यवसायी हरेक महिना बैंकले बढाउने व्याजदरका कारण ऋण लिन सकेका छैनन । कोरोना संगै देखिएको आर्थिक मन्दीले व्यवसाय चलायमान बन्न कतिसमय लाग्ने हो कसैलाई थाहा छैन । व्यवसायीलाई व्यवसाय टिकाउनै मुश्किल हुँदै गइरहेको छ । समय-समयमा सरकारले ल्याउने नयाँ-नयाँ नितीहरु व्यवसायमैत्री नभएको स्वयम व्यससायीहरुले बताउदैं आइरहेका छन ।

 

 विरगञ्जको नाम चलेको रड उत्पादनमा उल्लेख्य योगदान गर्दै आएको उद्योग बन्द हुने क्रममा छ भने दर्जनौं उद्योगहरु कच्चा पदार्थको अभाव र व्यवसायी मैत्री नीतिको अभावमा बन्द हुने चरणमा छन । ठुला भनिएका उद्योग मात्रै होइन सानो सानो पूजीँबाट संचालन हुदैं आइरहेका उद्योग पनि हरेक दिन धारसाहि बन्दै जानु दुखद हो । प्रसाशनीक जटिलताका कारण कतिपयले स्वदेशमा अबसर नै देख्न छाडिसकेका छन । सिमीत व्यक्तिहरुलाई यहाँ दैनिकी चलाउन सहज देखिएपनि अधिकांशलाई गुजरा चलाउनै मुस्कील छ । जो पहुँचको नजिक छ उसले प्रसस्तै लाभ लिएको छ ।  धेरैका लागि यहाँ लगानी गर्नु भनेको जोखिममा प्रवेश गर्नु हो भन्ने भान यत्रतत्र देखिन्छ । पछिल्लो पुस्ता आस्वासन मात्रै सुन्ने पक्षमा छैन । युवाको मनोभावना सरकारले बुझन किन सकिरहेको छैन । सरकारले व्यवसाय गर्न इच्छुक युवालाई प्रोत्साहन गर्ने सकिरहेको छैन । नयाँ पुस्ताले स्वदेशमा अबसर देख्न छाडेको धेरै भइसक्यो । युवाले स्वदेशमा अध्ययन गर्दै गर्दा विदेशमै प्रचुर संम्भावना देख्छ । विदेशीदा सामाजिक प्रतिष्ठा बढ्ने स्वदेशमा केहि गरौं भन्दा घर भित्रैबाट असहयोग हुन थालेपछि युवा पुस्ता  ऋण धन गरेरै भए पनि विदेशीने हतारोमा देखिन्छ । अहिले जुनरुपमा युवा विदेशीने क्रम बढेको छ यो आफैमा जोखिमपूर्ण पनि छ । देशमा रेमिट्यान्स त होला तर दिर्घकालमा यसले कस्तो प्रभाव पार्ला । यदि सरकारले समयमै यो समस्यालाई सम्बोधन गरेन भने भोलि देशमा बालबच्चा र बुढ्यांैली पुस्ता मात्रै  रहने पक्का छ ।

 

समस्याहरुको चाङ छ, सरकार भएको अनुभुति जनताले गर्न पाइरहेका छैनन । युवाहरुका आफ्नै समस्या छन भने स्वदेशमै गरीखानेहरुको पिडा पनि कम छैन । मिटर व्याज पीडितले भोकतिर्खा नभनि सड्कबाट न्याय मागी रहेका छन  तर सरकार संग भरपर्दो जवाफ छैन । पिड्कलाई कारवाहीको दायरामा ल्याउने आसवासन दिदै कार्यदल त बन्यो तर पिडितले अहिलेसम्म केहि पाएका छैनन । न्याय माग्दै काठमाडौं आएका उनीहरुको समस्या जस्ताको तस्तै छन यता सरकार फेरवदल भइरहन्छ । चलनचल्तीको व्याजदर आफूहरुले तिर्न तयार रहेको उनीहरुले बताउदैं आएका छन । पिडितका माग सरकारले अनदेखा नगरोस राज्य भरोसा बनोस ।

संचारमाध्यम अहिले आफै समस्यामा छन । मिडियाले यो बिसंम परिस्थीतिमा निर्वाह गरेको भूमिकालाई बिर्सनमिल्दैन । सत्यतथ्य सूचना आमनागरिक माझ पु¥याउन हामी पनि तत्पर छौं र सधै लागिरहने छौ भन्ने विश्वास यहाँहरुलाई दिलाउन चाहन्छौंं । यो जटिल परिस्थीतिका बावजुद पनि अनलाइन मिडियाले आफ्नो जिम्मेवारी भुलेको छैन । प्रभावकारी सुचना दिन हामी सधै सचेत र सजग रहने नै छौं । पत्रकारिताको धर्म, मर्म र आचार संहिता पालना गर्न कुरामा हामी सधै कटिबद्ध छौं ।

 

पाठक दर्शकहरुको साथ र मायाले हामी उत्साहीत छौं नै अझ बढी जिम्मेवारीबोध पनि भएको छ । यहाँहरुले हाम्रो कामलाई स्वीकार्दै गएको महसुस गरेका छौं । हाम्रो यो यात्रामा हामीलाई यहाँसम्म ल्याउन साथ सहयोग प्रेरणा दिनुहुने बरिष्ठ पत्रकार किशोर नेपाल,अर्थविद् बिनोद सिजापती, कवि विप्लव प्रतीक, लेखक तथा अधिकारकर्मी चट्याङ मास्टर, समालोचक ओम सुवेदी, साहित्यकार बसन्त लोहनी, प्रा.डा.माधवी सिंह शाह, प्रा.डा.उषा लोहनी, प्रवन्ध निर्देशक समिर नेपाल, स्तम्भकार कपिल लोहनी, युवराज गौतम, ज्योती भट्टराई, रोमन आचार्य, राधा जि.सी, प्रकाश गौतम, नारायण न्यौपाने, जयन सुब्बा मानन्धर, सविना सिन्धु, सुष्मा पौडेल, सुजन तिमल्सीना, बिभुषा थापा, आइटेक नेपाल लगाएत सबै प्रति हामी कृतज्ञ छौं । 

 

अहिलेको समय सामाजिक सञ्जालमार्फत पनि आफ्ना सुझाव, सल्लाह र आलोचना गर्न सकिने सुविधालाई पाठक, दर्शकले पूर्ण उपयोग गर्दै हामीलाई मार्गनिर्देश गर्नुहुनेछ भन्नेमा  विश्वस्त छौं । यो यात्रामा साथ दिने पाठक, दर्शक र व्यावसायिक रुपमा साझेदारी गर्ने व्यापारिक समूह र सहयोगीहरुप्रति हामी सदा सर्वदा आभारी छौं । यहाँहरुको साथ सहयोग आगमी दिनमा पनि उतिकै आवश्यक छ । हामी सबैप्रति आभारी छौं ।
  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार