• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
विचार

प्रकाशकीय : सिकाइ र कर्तव्यबोधको आधा दशक

सत्य तथ्य सुचना आम जनसमुदायमा पुर्‍याउने उद्देश्यले सुरु भएको हाम्रो यात्रा पाँचौं बर्ष पुरा गरेर छैटौं बर्षमा प्रवेश गरेको छ ।  निष्पक्ष र वस्तुनिष्ठ समाचार पस्किनुपर्छ भन्ने नै हाम्रो मूलमन्त्र रहँदै आएको छ । आगामी दिनहरुमा राजनीति, आम–जनतासंग प्रत्यक्ष सरोकार राख्ने समसामयिक विषयबस्तुहरुमा  ‘फ्रेसन्युज नेपाल डटकम’ ले थप अन्तर–संवादलाई प्रथमिकता दिने  छ । 

 

नेपाली राजनीतिमा चौतर्फी चासो र चिन्ताको बिषय बनेको भ्रष्टाचारको मुद्दा यतिवेला सतहमा छ । बर्षौदेखी जरा गाडेर बसेको यो समस्या तार्किक निस्कर्षमा पुग्छ कि यतिकै हराएर जान्छ । नक्कली भुटानी शरणार्थी  प्रकरणले अहिले सामाजिक संजालका भित्ताहरु पोतिएका छन । खबरदारीको क्रम जारी छ । नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोप लागेका एमाले नेता टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका छन् । अनुसन्धानको सिलसिलामा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले केहि दिन अघि नै पक्राउ गरिसकेको छ । 

 

दोषीलाई उम्कन दिन नहुने भन्दै चौतर्फी दवाव बढीरहेको बेला उच्चपदस्थ व्यक्तिहरु नै भ्रष्टाचारमा मुछिएपछि यो मुद्दा देशमा मात्रै होइन बिदेशमा समेत चासो र चर्चाको विषय बनेको छ । निती निर्माताले नै मोटो रकम असुलेर नक्कली शरणर्थी खडा गरेको भन्दै यसको यर्थाथ आम जनतामाझ ल्याउन सरकारलाई दवाव बढेको छ । कतिपय विदेश मामिलाका जानकारहरु यो घटनाले अन्तराष्ट्रिय जगतमा नेपालको साख गुम्ने र नेपाललाई दिदै आएको सर्मथनमा असर पुग्ने अडकलवाजी समेत गर्न थालिसके । 

 

यो प्रकरणमा दर्जनौं नेता कार्यकर्ताको संलगनता रहेको पछिल्ला घटनाक्रमले प्रष्ट हुन्छ । शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ । यता उनलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले नै कैदीको प्रतिकात्मक पोशाक सहित प्रदर्शन समेत गरेका छन् । बिरोधमा उनीहरुले नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन जोडदार माग गरे । आमनागरिक, बुद्धीजिवी, सरकारमा सामेल राजनीतिक दल देखि सत्ता बाहिर रहेका दल, विभिन्न पेशाकर्मी, नागरिक समाज सबैको यतिवेला ‘दोषी कसैलाई पनि छाड्नु हुन्न’ भन्ने  माग छ । स्वतन्त्र र निष्पक्ष ढंगले यो प्रकरण छानबिन होस दोषी उम्कन नसकोस निर्दोशले सजाए भोग्न नपरोस । एकातर्फ देशमा भ्रष्टाचार व्याप्त छ भने अर्को तर्फ आर्थिकमन्दी ।

 

कोरोनापछि देखिएको आर्थिक मन्दीको मार नेपालले पनि भोगिरहेको छ । व्यापार व्यवसाय ठप्प जस्तै छ । धेरैको रोजगारी गुमेको छ । नेतृत्वले वर्तमानमा देखिएका सबै समस्याको समयमै पहिचान गरि हल गर्न तदारुकता देखाउनुपर्छ भने आम संचार माध्यमले पनि खबरदारीलाई निरन्तरता दिनुपर्ने भएको छ । भ्रष्टाचार उन्मुलन र शुसासन कायम भएको समाचार लेख्न पाइयोस । विधिको शासन र सुशासन कायम गर्न सकियो भने मूलुकको मूहार अवश्य पनि बदल्न सकिन्छ । 

 

संचारमाध्यमले यो बिसंम परिस्थीतिमा निर्वाह गरेको भूमिकालाई पनि बिर्सन हुँदैन। सत्यतथ्य सूचना आमनागरिक माझ पुर्‍याउन हामी तत्परताका साथ लागेका छौं र सधै लागिरहने छौं । यो जटिल परिस्थीतिका बावजुद पनि अनलाइन मिडियाले आफ्नो जिम्मेवारीलाई भुलेका छैन । प्रभावकारी सुचना दिन हामी सधै सचेत र सजग रहने नै छौं । पत्रकारिताको धर्म, मर्म र आचार संहिता पालनामा   अडिक छौं । सबैप्रति हामी आभारी छौं । 

 

पाठक दर्शकहरुको साथ र मायाले हामी उत्साही त छौं नै अझ बढी जिम्मेवारीबोध पनि भएको छ । यात्राको सुरुवात गर्दा कस्तो प्रतिक्रिया आउँछ भन्नेमा अन्यौल थियो । काम गर्दै जाने क्रममा पाठक, दर्शकले हाम्रो कामलाई स्वीकार्दै गएको महसुस गरेका छौं । कोही पनि आफैमा पूर्ण हुँदैन । अभ्यास गर्दै जाने क्रममा धेरै सिकिन्छ । हाम्रो हकमा पनि त्यस्तै भयो । काम गर्दै जाने क्रममा केहि कमजोरी पक्कै हुन्छन्, त्यसलाई सुधार गर्ने तत्परता हामीले सधै राख्दै आएका छौं । 

 

हाम्रो यो यात्रामा हामीलाई यहाँसम्म ल्याउन साथ सहयोग प्रेरणा दिनुहुने बरिष्ठ पत्रकार किशोर नेपाल,  अर्थविद् बिनोद सिजापती, कवि विप्लव प्रतीक, लेखक तथा अधिकारकर्मी चट्याङ मास्टर,  समालोचक ओम सुवेदी, साहित्यकार बसन्त लोहनी, प्रा.डा.माधवी सिंह शाह, प्रा.डा.उषा लोहनी, प्रवन्ध निर्देशक समिर नेपाल, स्तम्भकार कपिल लोहनी, युवराज गौतम, ज्योती भट्टराई, रोमन आचार्य, राधा जि.सी, प्रकाश गौतम, नारायण न्यौपाने, जयन सुब्बा मानन्धर, सविना सिन्धु, सुष्मा पौडेल, सुजन तिमल्सीना, बिभुषा थापा, आइटेक नेपाल लगाएत सबै प्रति हामी कृतज्ञ छौं । 

 

अहिलेको समय सामाजिक सञ्जालमार्फत पनि आफ्ना सुझाव, सल्लाह र आलोचना गर्न सकिने सुविधालाई पाठक, दर्शकले पूर्ण उपयोग गर्दै हामीलाई मार्गनिर्देश गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । यो यात्रामा साथ दिने पाठक, दर्शक र व्यावसायिक रुपमा साझेदारी गर्ने व्यापारिक समूह र सहयोगीहरुप्रति हामी सदा सर्वदा आभारी छौं । यहाँहरुको साथ सहयोग आगमी दिनमा पनि हामीलाई आवश्यक छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार