• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
राजनीति

एउटा पार्टी अलग हुने बित्तिकै सरकार भुइँमै पछारिन्छ, दम्भ नदेखाऔं : अध्यक्ष नेपाल

 

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई शत्रु घोषणा गरे आँफुहरु सकिने टिप्पणी गरेका छन ।युवा संघ नेपालको कार्यक्रमलाई आज सम्बोधन गर्दै नेपालले कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जानु पार्टीलाई समाप्त पार्ने खेल रहेको बताए ।

 

सम्बोधनमा उनले भने ‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन् । त्यसमध्ये ६ वटा सरकारमा छन्। एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ,त्यसैले दम्भ नदेखाऔं ।' 

 

 अध्यक्ष नेपालले कसैको बहुमत नआएकाले अहिले संसदमा उपस्थित सबै दलको भूमिका समान रहेको दाबी समेत गरे ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार