• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
पत्रपत्रिका

कांग्रेस सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो: देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् ।

 

कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्धेश्यले संसद बन्द गरको आरोप लगाएका छन् ।

 

उनले यसबाट सरकार सहकारी पिडितको पक्षमा नरहेको पुष्टि भएको बताउदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन् ।उनले लाखौँ सहकारी पिडितको अर्बौं बचत हिनामिना गरिएको बताउदै कांग्रेस पिडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने बताएका थिए ।

 

नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ । आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुदै सरकारले संसदि अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

 

लेखकले बैठकका निर्णय जानकारी दिदै भने- ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो ।राजधानी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार