• शुक्रबार २-४-२०८१/Friday 05-17-2024
अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लाग्दै आएको सुनको मूल्यले सोमबार(आज) पनि नयाँ रेकर्ड बनाएको छ।


 
 छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।


 
सोमबार तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार