• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
खेलकुद

स्टोन स्किपिङमा लिम्बु बिजयी 

काठमाडौं । नेपालको पहिलो स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ ।  प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्षमण कटुवाल तेस्रो भएका छन् ।

 

प्रथम राहुल लिम्बुले दोस्रो चरणको सेटमा क्रमशः २३ं२२ं१४.५९ अंक ल्याउन सफल भएका थिए।  उनले एकपटकमा २३ पटक उफ्राई सवै भन्दा बढि हो। दोस्रो बनेका राजेन्द्र कार्कीले कुल ३० अंक ल्याए । तेस्रो बनेका लक्षमण कटुवालले २८ अंक प्राप्त गरेका थिए।

 

कार्यक्रम दुई चरणमा खेलाइएको थियो। सहभागीले पहिलो चरणमा एकवटा ढुङ्गाले पानीमा कम्तीमा तिन पटक उफार्न सकेकाले मात्र दोस्रो चरणको खेलमा सहभागी हुन पाउने ब्यवस्था थियो। दोस्रो चरणमा पुग्ने खेलाडीलाई तिन वटा ढुङ्गा उपलब्ध गराएको थियो। पानीमा तिन पटकको उक्त ढुङ्गाको जम्मा उफ्राई जोडेर बिजेता घोषणा गरिएको थियो। 

 

बिजेताले  पुरस्कार स्वरुप नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ संगै प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजक हाईकिङ ग्रुपका सस्थापक तथा संयोजक भीषण राईले बताए ।नेपालमा यस प्रकार सम्भवत पहिलो खेलले युवा सशक्तीकरण,मेलमिलाप र आपसी सदभाव बढाउने आयोजकले बताएको छ। यस बाहेक बृहत बराहक्षेत्रको पर्यटनमा यो खेलले थप टेवा पुग्ने संयोजक राईले बताए । प्रतियोगितामा चक्रघट्टी, कालाबन्जर लगायत स्थान वाट करिब ७५ जनाले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार