• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
रंगमञ्च

‘ह राम पण्डित’ कसरी बन्यो ‘ह बिन्दु राम पण्डित’ 

काठमाडौं । नाटक  ‘ह राम पण्डित’को नाम परिवर्तन गरिएको छ । हिन्दु जागरण पार्टी र शिव सेना नेपालको विरोधले गर्दा  नाटकको नाम परिवर्तन गर्नुपरेको नाटकका निर्देशक बरात लिम्वु बताउँछन् । अब नाटकको नाम ‘ह बिन्दु राम पण्डित’ राखिएको छ ।

 

निर्देशक लिम्बु भन्छन् ,नाटकको पोष्टर सार्वजनिक भएदेखि नै प्रोडक्सनका साथीहरुलाई, कलाकारहरुलाई र शिल्पी थिएटरका निर्देशकलाई समेत बारम्बार फोनबाट दबाब र धम्की आयो । उहाँहरु मध्ये केहीले ुहामी शिव सेना नेपाल र केहीले हिन्दु जागरण मन्चको प्रतिनिधि हुँ भन्नुभयो । हामीले यो कुनै धर्ममाथिको प्रहार होइन बरु आएर नाटक हेर्नुस् भनेका पनि थियौ । 

 

उनी थप्छन्, शिव सेना र हिन्दु जागरण मन्चका साथीहरुले सम्बादको स्थान नै नदेखाउनु भएकोले र हामीले यो अनावश्यक विवाद, धम्की र दवावबाट प्रताडित भएको हुनाले नाटकको नाम 'ह राम पण्डित' बाट परिवर्तन गरेर 'ह विन्दु राम पण्डित' बनाएका छौँ । यो परिवर्तन स्वस्फुर्त र समझदारीबाट भएको होइन । उहाँहरुले हामीलाई दिएको दबाबको कारणले भएको हो । हिन्दु सनातन धर्मप्रति हाम्र‍ो पूर्ण आदर सम्मान रहेकोले यस्ता हस्तक्षेपले धार्मीक असहिष्णुता झन् बढ्दै जाने हो कि भन्ने हाम्रो चिन्ता हो । नाटक हेरेर दिइने हरेक आलोचना र विवेचनालाई हामी सहर्ष स्विकार्छौ । हामीले मन्चन गरेको नाटक हेरेर आलोचनात्मक टिप्पणी गर्दा हामीलाई खुशी लाग्नेछ । 

 

नाटकको शीर्षकले साम्प्रदायिक विद्वेष फैलाएको भन्दै हिन्दु जागरण पार्टी र शिव सेना नेपाल विरोधमा उत्रिएका थिए । ती धार्मिक संस्थाको विरोधपछि बिहीबार नाटकको शो प्रभावित भयो । नाम परिवर्तन गरिएपछि शुक्रबार बेलुकादेखि नियमित मञ्चन शुरु भएको छ । ‘शीर्षकबाहेक अरु केही पनि परिवर्तन नभएको पनि निर्देशक लिम्बुले जानकारी दिए ।  शिल्पी थिएटरले पनि सामाजिक सञ्जालमार्फत नाटकको नाम परिवर्तन भएको र अब नियमित मञ्चन हुने पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार