• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
फेशन

श्रीच्छा प्रधान मिस नेपाल २०२३ 

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जितेकी हुन ।

 

त्यसैगरी, मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितिन भने मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले पाएकी छिन् ।  समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

 

मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

 

त्यस्तै मिस पपुलर च्वाइस प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीच्छा प्रधान, वुमन विथ द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल घोषित भए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार