• आइतबार १-२-२०८१/Sunday 04-14-2024
डबली

भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक 

काठमाडौं । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचक द्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरे ।

 

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकैठाउँ राखेर अध्यययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुन्छ हुने जनाए ।  कार्यक्रमका अर्का वक्ता डा. अमर गिरीले युद्ध सशस्त्र मात्र नभएर निशस्त्र पनि हुन्छ भन्दै साइवर युद्ध, जैविक युद्ध जस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाए । उनले समग्रमा कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत गर्ने बताए।

 

कार्यक्रममा डा. विन्दु शर्मालेनेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भनेकोमा कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताइन्। नेपाली साहित्यमा युद्धमाथि लेखिएको यस्तोखाले कृति नआएकोमा यसको महत्व बढि भउको उनको भनाई छ । चारै जना वक्ताले कृतिको भूमिकामा रहेको नेपाली साहित्यको कालविभाजनमाथि बढी समय खर्चिएका थिए ।लेखकले वि.सं. १९४० देखि २०१७सम्मलाई जागरण काल भनेकोमा असहमति व्यक्त गरेका थिए ।

 

लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको जनाए । उनले कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको पनि विवेचना गरिएको जनाए । 

 

भुँडीपुराणका अध्यक्ष केशव प्रसाद पराजुलीले आमन्त्रित अतिथिलगायत सम्पूर्ण सहभागीलाई धन्यवाद दिँदै युद्धमाथि लेखिएको यो कृति असाध्यै महङ्खवपूर्ण भएको हुँदा यस कृतिलाई विश्वविद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताए । पुस्तक ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो । ५ सय पृष्ठको कृतिको मूल्य ७ सय राखिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार