• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024
डबली

चलचित्र साहित्य र नेपाली सन्दर्भमा अन्तरक्रिया

काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमललादीमा आयोजि कार्यक्रममा काला, साहित्य र चलचित्र क्षेत्रका विशिष्ठ महानुभावहरुको सहभागिता रहेको थियो । 

 

कार्यक्रममा त्रि वि कीर्तिपुर नेपाली विभागका प्रध्यापक डा.अशोक थापाले चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्न पर्ने आवश्यकता छ । चलचित्र कलाको आधुनिक माध्यम हो । समाज रुपान्तणरको निम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ। प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुराहरु एकै पटक देखाउन सकिन्छ । पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ धारण राखेका थिए ।

 

उनको कार्यपत्रमाथि आफ्नो धारण राख्दै बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र हो । भारतीय कलाकार र नेपाली कलाकारहरुले अभिनय गरेको चलचित्रमा भारतीय कलाकारहरुले नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डविंग गरेको जस्तो हुन पुगेको हो ।  भन्ने धारण राखे। साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हो । अहिलेको अवस्थामा कला र साहित्यलाई यसलाई हेर्ने दृश्टीकोण गलत छ हामीले बदल्न पर्छ भन्दै उनले कला र साहित्यले मान्छेको संवेदनासँग निकट सम्बन्ध राख्छ भन्दै चलचित्र पनि मानविय संवेदनासँग जोडिएको एउटा पाटो हो । चलचित्रको मुटु भनेको पटकथा हो । पटकथा चलचित्रको साहित्यको मूल अंश हो । विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरुको आधार साहित्य नै हो । नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको परिप्रेक्षमा यो कार्यक्रमले फरक किसिमको सुरुवात गरेकोमा बधाइ दिएका थिए । 

 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जन गर्ने प्रयत्न गरेको बताए । आगामी दिनहरुमा पनि हामी यस्ता कार्यक्रमहरुको आयोजना गर्नेछौँ । उनले भने,  चलचित्र आफैँ साहित्य हो ।  चलचित्र प्रविधिसहतिको साहित्य हो । चलचित्रमा साहित्यका मूलविधाका सबै विधाहररु समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ । आफ्नो कथा आफैँ भन्ने एउटा बलियो आधार बनेको छ चलचित्र तर्सथ यसको कथा भन्ने शैली फरक छ ।
 

कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा संचारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास त उजागर गर्यो तर चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रस्ट आउन नसकेकोमा गुनासो गरे । सहित्यका साना साना विधाहरुलाई समेटेर नेपाली चलचित्र अगाडि बढेको देखिन्छ । चलचित्रको व्यबसायिक पाटो एउटा हो तर मौलिक सिनेमा बनाउने कुरा अर्को चुनौति छ नेपाली बजारमा । पछिल्लो समय नेपाली सिनेमा र साहित्यको सम्बन्ध बलियो हुँदै गएको छ ।

 

सीतादेवी ढुंगानाले कार्यपत्रको विषय एकातिर कार्यपत्र अर्कोतर्फ गएको प्रष्ट्याइन । उनको अनुसार चलचित्रको मुल्यांकन प्राविधिक पक्षबाट मात्रै भयो । सैद्धान्तिक पक्षबाट यसको विश्लेषण भए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले चलचित्र साहित्यका क्षेत्रमा काम नै नभएको अवस्थामा प्रज्ञा प्रतिष्ठानले एउटा सहकार्यको थालनी गरेको बताए । उनले चलचित्रसँग भाषा र प्रविधि जोडिएको हुँदा पाठ्य साहित्य भन्दा दृश्य साहित्य अझ प्रभावकरी माध्यम हो भन्ने मलाई लाग्छ । 

 

कार्यक्रमकको औचित्यमाथि प्रस्ट पार्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको अवस्थामा हामीले यो किसिमको बहस सुरु गरेका छौँ । चलचित्र पनि साहित्य हो एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्न सक्छ वा देखाउन सक्छ । यसको प्रभावकारीता पनि समाज रुपान्तरणमा रहेको छ । कार्यक्रममा कलाकार सुवास गजुरेल, चलचत्रि पत्रकार विजयरत्न तुलाधार, नायिका विमला केसी लगायतले आफ्नो आफ्नो धारण राखेका थिए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार