चन्द्रागिरिमा पहिरो, तीनजना बेपत्ता
काठमाडौं । आज बिहान काठमाडाँंको चन्द्रागिरिमा रहेको एक ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीनजना बेपत्ता भएको छ । चन्द्रागिरि नगरपालिका– २ मसिनेमा रहेको रेक्की ध्यान केन्द्रमा राति १२ को समयमा पहिरो खस्दा तीन जना बेपत्ता भएका हुन ।
बेपत्ता हुनेमा ५२ वर्षका राजु श्रेष्ठ, उहाँका श्रीमती ४५ वर्षका रेखा श्रेष्ठ र उहाँको डेढ वर्षका छोरी रहेको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले बताउनुभयो ।
\लगातारको वर्षाका कारण नदीहरूको जलसतह पनि बढ्दै गएको छ । भेरी, बबई, कर्णाली लगायतका नदीमा पानीको सतह बढ्दै गएपछि बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान पनि आग्रह गरेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस