जाजरकोटमा यात्रुवाहक बस दुर्घटना : ५ जनाको मृत्यु , २७ घाइते
जाजरकोट । जाजरकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २७ जना घाईते भएका छन् । आइतबार बिहान २ बजे कुदु बराहचौकनजिकै बस दुर्घटनामा परेको थियो ।
नेपालगन्जबाट रुकुम पश्चिमको जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना भएको जाजरकोटका प्रहरीले जनाएको छ ।
बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।घाइते २७ जनालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा लगेका छन ।दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस